News & Notices
Latest updates, announcements, and stories from the Kaski Ideal Society Qatar community.
News
कतारमा गुञ्जिनेछ चर्चित ‘लेकाली’ ब्यान्डको स्वर, दसैँ–तिहारसहित चार पर्वको उत्सव मनाउँदै गण्डकी प्रदेश समन्वय परिषद् कतार
गण्डकी प्रदेश समन्वय परिषद्, कतारको आयोजना तथा प्रदेश अन्तर्गत जिल्ला सस्थाको सह- आयोजनामा नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को अवसरमा शुभकामना आदान–प्रदान तथा विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।
2026
News
कास्की आदर्श समाज, कतारद्वारा पोखरामा बृहत् रक्तदान तथा विद्यार्थी सम्मान समारोह आयोजना हुँदै
कास्की आदर्श समाज, कतारले नेपालीहरूको महान् पर्व बडादशैँ तथा शुभ दीपावलीको अवसर पारेर बृहत् रक्तदान कार्यक्रम–२०८३ तथा विद्यार्थी सम्मान समारोह आयोजना गर्ने भएको छ। समाजले आफ्नो सामाजिक उत्तरदायित्व, मानवीय सेवा तथा शैक्षिक प्रोत्साहन अभियानलाई निरन्तरता दिने उद्देश्यले आगामी २०८३ साल कार्तिक १३ गते शुक्रबार पोखराको मानवअधिकार चोक, चिप्लेढुङ्गामा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो। बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रमको समन्वय कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् र कास्की आदर्श समाज, नेपालले गर्ने जनाइएको छ।
2026
News
कास्की आदर्श समाजको पाँचौँ महाधिवेशन अक्टोबर ३१ मा पोखरामा हुने
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवौँ साधारणसभा तथा पाँचौँ महाधिवेशन आगामी २०८३ कार्तिक १४ गते शनिबार (३१ अक्टोबर २०२६) पोखरामा आयोजना हुने भएको छ।
2026
News
कास्की आदर्श समाज कतारको दशौँ राष्ट्रिय अधिवेशन सम्पन्न, अमृत विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमिति
कास्की आदर्श समाज कतारको दशौँ राष्ट्रिय अधिवेशन शुक्रबार कतारको वेलफेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको छ। अधिवेशनले अमृत विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
2026
News
कास्की आदर्श समाज कतारको दसौँ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै
कास्की आदर्श समाज कतारको दसौँ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै दोहा, कतार । कास्की आदर्श समाज, कतारले आफ्नो दसौँ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना गर्ने भएको छ। “कास्की आद...
2026
News
बाढीपीडितका लागि कास्की आदर्श समाज यूएईको २ लाख २१ हजार सहयोग
भोटेकोसी–त्रिशूली बाढीबाट प्रभावित परिवारको सहयोगार्थ कास्की आदर्श समाज यूएईले २ लाख २१ हजार रुपैयाँ सहयोग गरेको छ
2026
News
भोटेकोशी बाढीपीडितका लागि संकलित रु. ७ लाख १४ हजार ५८९ प्रधानमन्त्री राहत कोषमा जम्मा
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडित नेपालीहरूको सहयोगार्थ कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्द्वारा सञ्चालन गरिएको राहत संकलन अभियानबाट संकलित रु. ७ लाख १४ हजार ५८९ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको छ।
2026
News
भोटेकोशी बाढीपीडितको सहारामा कास्की आदर्श समाज कतार, १ लाख ७९ हजार सहयोग
संस्थागत सहभागिता जनाउँदै एकमुष्ट रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण
2026
Notice
तेश्रो रमाइलो हरितालिका तीज विशेष कार्यक्रम – २०८३
कास्की आदर्श समाज, कतारको आयोजनामा🎉 तेश्रो रमाइलो हरितालिका तीज विशेष कार्यक्रम – २०८३ 🎉प्रवासबाट आफ्नै गृह जिल्ला कास्की, पोखरामा यसै अवसरमा कास्की आदर्श समाज, कतारका आजीवन सदस्यका बाबुनानीहरू मध्य...
2026
News
🙏 हार्दिक धन्यवाद तथा आभार 🙏
कास्की आदर्श समाज, कतारद्वारा आयोजित २४औँ स्थापना दिवस कार्यक्रम मिति ३१ जुलाई २०२६ मा दोहाको सनैयास्थित नमस्ते एसिया रेस्टुरेन्टको सभाहलमा भव्य, सभ्य तथा सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौ
2026











