news

कास्की आदर्श समाजको पाँचौँ महाधिवेशन अक्टोबर ३१ मा पोखरामा हुने

Share:
कास्की आदर्श समाजको पाँचौँ महाधिवेशन अक्टोबर ३१ मा पोखरामा हुने
कास्की आदर्श समाजको पाँचौँ महाधिवेशन अक्टोबर ३१ मा पोखरामा हुने दोहा कतार । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवौँ साधारणसभा तथा पाँचौँ महाधिवेशन आगामी २०८३ कार्तिक १४ गते शनिबार (३१ अक्टोबर २०२६) पोखरामा आयोजना हुने भएको छ। “विश्वभरिका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापित समाजले पोखरा महानगरपालिका–१६ स्थित ढिकीडाँडा रिसोर्टमा बिहान १०:३० बजेदेखि कार्यक्रम सञ्चालन गर्ने आयोजकले जनाएको छ। महाधिवेशनमा विश्वभर रहेका कस्केली दाजुभाइ तथा दिदीबहिनी, संस्थाका पदाधिकारी, सदस्य तथा विभिन्न राष्ट्रिय समितिका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। विदेशमा रहेका सदस्यहरूका लागि जुममार्फत अनलाइन सहभागिताको व्यवस्था गरिएको छ। समाजले सम्पूर्ण कस्केली समुदायलाई कार्यक्रममा सहभागी भई संस्थाको आगामी कार्यदिशा तय गर्न सहयोग पुर्‍याउन आग्रह गरेको छ। जुम विवरण: Meeting ID: 422 980 2836 | Passcode: 24026
Share: