भोटेकोशी बाढीपीडितको सहारामा कास्की आदर्श समाज कतार, १ लाख ७९ हजार सहयोग
Share:
news

संस्थागत सहभागिता जनाउँदै एकमुष्ट रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण
दोहा, कतार । नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि कास्की आदर्श समाज कतारले १ लाख ७९ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।संस्थागत सहभागिता जनाउँदै कास्की आदर्श समाज कतारले आफ्नै पहलमा संकलन गरेको उक्त रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको संस्थाका अध्यक्ष अग्निधर देवकोटाले जानकारी दिए।
संस्थाले संकलन गरेको रकममध्ये कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्ले सञ्चालन गरेको भोटेकोशी बाढीपीडित सहयोगार्थ अभियानमा १ लाख १५ हजार ५५५ रुपैयाँ तथा गण्डकी प्रदेश समन्वय परिषद कतार र गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्कतारले सञ्चालन गरेको उद्धार तथा राहत संकलन अभियानमा ६३ हजार ३३५ रुपैयाँ सहयोग गरेको थियो।
दुवै अभियानमा संस्थागत सहभागिता जनाउँदै संकलित १ लाख ७९ हजार रुपैयाँ नै एकमुष्ट रूपमा सम्बन्धित राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको अध्यक्ष देवकोटाले बताए।
विपद्को समयमा पीडित नेपालीको साथमा उभिनु सामाजिक दायित्व भएको बताउँदै अध्यक्ष देवकोटाले मानवीय सेवाको भावनासहित संस्थाले सहयोग गरेको बताए। उनले नेपालमा विपद्का बेला विभिन्न देशमा रहेका नेपाली संघ–संस्था तथा नेपाली समुदाय एकजुट भएर राहत तथा उद्धारमा सहयोग गर्नुपर्नेमा जोड दिए।
कास्की आदर्श समाज कतारले सामाजिक सेवाका विभिन्न क्षेत्रमा आफ्नो सक्रियता देखाउँदै आएको छ। यसैक्रममा भोटेकोशी बाढीपीडितलगायत प्राकृतिक विपदवाट प्रभावित नेपालीको सहयोगका लागि सञ्चालन गरिएका अभियानमा संस्थागत सहभागिता जनाउँदै आर्थिक सहयोग गरिएको अध्यक्ष देवकोटाले बताए।
सहयोग रकम संकलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने संस्थाका सम्पूर्ण सदस्य, सहयोगी तथा शुभेच्छुकप्रति अध्यक्ष देवकोटाले धन्यवाद व्यक्त गरेका छन्।कास्की आदर्श समाज कतारले गरेको उक्त सहयोगले बाढीपहिरोबाट प्रभावित तथा विपद्को पीडामा रहेका परिवारको राहत तथा पुनःस्थापनामा केही मात्रामा भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।