news

कास्की आदर्श समाज कतारको दशौँ राष्ट्रिय अधिवेशन सम्पन्न, अमृत विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमिति

Share:
कास्की आदर्श समाज कतारको दशौँ राष्ट्रिय अधिवेशन सम्पन्न, अमृत विश्वकर्माको नेतृत्वमा नयाँ कार्यसमिति
दोहा, कतार । कास्की आदर्श समाज कतारको दशौँ राष्ट्रिय अधिवेशन शुक्रबार कतारको वेलफेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको छ। अधिवेशनले अमृत विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। खुला र बन्द गरी दुई चरणमा सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा कृष्ण भण्डारी, उपाध्यक्षहरूमा रामदास भुर्तेल, केदार भण्डारी र ऋषिराम विश्वकर्मा चयन भएका छन्। त्यस्तै सचिवमा विष्णु तिमिल्सिना, सहसचिवमा प्रेम रसाइली र नारायण प्रसाद आचार्य, कोषाध्यक्षमा ऋषिराम भण्डारी तथा सहकोषाध्यक्षमा चिरञ्जीवी अधिकारी निर्वाचित भएका छन्। कार्यसमिति सदस्यहरूमा ईश्वर पौडेल, हेमबहादुर थापा मगर, किरण ढकाल, सरिता गुरुङ, पदम गुरुङ, विनोदबाबु अधिकारी र प्रेमबहादुर सुनार रहेका छन्। कार्यसमितिका दुई सदस्य पद भने रिक्त राखिएको छ। ती पद नयाँ कार्यसमितिको पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ। नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समिति संयोजक रामप्रसाद गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। विधिवत् रूपमा उद्घाटन गरिएको अधिवेशनमा समाजका अध्यक्ष अग्निधर देवकोटाको सभापत्तिव तथा संस्थाका पूर्वअध्यक्ष एवं संस्थापक धुर्वराज अधिकारीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भयको थियो। कार्यक्रममा संस्थाको पछिल्लो दुई वर्षे कार्यकालको प्रगति प्रतिवेदन तथा संस्थागत गतिविधि प्रोजेक्टरमार्फत प्रस्तुत गरिएको थियो। अधिवेशनमा कलाकार वर्षा तामाङ र सन्जु बलले नृत्य प्रस्तुत गरेका थिए। साथै महेश तामाङ, रेशम बस्नेत, नयन शर्मा, रेजिना तामाङलगायतका कलाकारहरूले मौलिक तथा सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले कास्की आदर्श समाज कतारले कतारसँगै गृहजिल्ला कास्कीमा समेत सामाजिक तथा परोपकारी गतिविधिलाई निरन्तरता दिँदै आएको भन्दै प्रशंसा गरेका थिए। अधिवेशनको अवसरमा समाजले आठ जनालाई आजीवन सदस्यता प्रदान गरेको थियो। संस्थाको सञ्चालन तथा सामाजिक गतिविधिमा विभिन्न कोणबाट सहयोग पुर्‍याउँदै आएका सामाजिक व्यक्तित्व, संघ–संस्था, पत्रकार, समाजका सल्लाहकार तथा संरक्षकहरूलाई दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै संस्थाका पूर्वअध्यक्ष तथा संस्थापक संरक्षक धुर्वराज अधिकारीले ‘म’ भन्दा ‘हामी’ भन्ने भावनाबाट सामाजिक संस्थाहरू निर्माण हुने बताए। कास्की आदर्श समाजले गरेको सम्मानप्रति धन्यवाद व्यक्त गर्दै उनले प्रवासमा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूले कठिन परिस्थितिमा संस्था निर्माण गरेको स्मरण गरे। उनले अबको पुस्ताले संस्थाको संरक्षण र निरन्तरताका लागि जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिए। अधिवेशनको खुला सत्र समापन गर्दै समाजका अध्यक्ष अग्निधर देवकोटाले आफ्नो दुई कार्यकालको जिम्मेवारी पूरा गर्ने क्रममा संस्थाले गरेका राम्रा कामलाई निरन्तरता दिन र भएका कमजोरीबाट पाठ सिक्दै सबैलाई समेटेर अघि बढ्न नयाँ नेतृत्वलाई आग्रह गरे। अध्यक्ष परिवर्तन भए पनि संस्था र कार्यसमिति परिवर्तन भए पनि आपसी सम्बन्धमा परिवर्तन आउन नहुने उनको भनाइ थियो। पदबाट बिदा भए पनि आफू संस्थाबाट अलग नभएको बताउँदै देवकोटाले अब अध्यक्षका रूपमा नभई संस्थाको सदस्यका रूपमा आवश्यक पर्दा आफ्नो अनुभव, समय र क्षमताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कास्की आदर्श समाज कुनै व्यक्तिको नामले नभई यसको उद्देश्य, एकता र सामूहिक भावनाले चिनिनुपर्नेमा जोड दिँदै उनले संस्थाको गरिमा र पहिचानलाई अझ उचाइमा पुर्‍याउन सबै एकजुट हुनुपर्ने बताए। नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै उनले कास्की आदर्श समाज कतारलाई अझ सुदृढ, एकताबद्ध र गतिशील बनाउँदै अघि बढ्न आग्रह गरे। दशौँ राष्ट्रिय अधिवेशनको सहजीकरण अमृत विश्वकर्मा र केदार भण्डारीले संयुक्त रूपमा गरेका थिए
Share: