news

कास्की आदर्श समाज कतारको बृहत् रक्तदान तथा SEE विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न, २४ जनाद्वारा रक्तदान

Share:
कास्की आदर्श समाज कतारको बृहत् रक्तदान तथा SEE विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न, २४ जनाद्वारा रक्तदान
कास्की आदर्श समाज कतारको बृहत् रक्तदान तथा SEE विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न, २४ जनाद्वारा रक्तदान कतार । कास्की आदर्श समाज, कतारको आयोजनामा बडादसैँ तथा शुभदीपावलीको पावन अवसरमा आयोजित ‘बृहत् रक्तदान कार्यक्रम–२०८३’ तथा ‘SEE–२०८२ मा सहभागी विद्यार्थी सम्मान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए भने SEE–२०८२ मा सहभागी पाँच जना विद्यार्थीलाई सम्मान गरिएको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, संस्थाका अग्रज व्यक्तित्व, पत्रकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापति कार्यक्रम संयोजक तथा सस्थाका उपाध्यक्ष रामदास भुर्तेल र प्रमुख अतिथि कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिव बानियाँ रहेका थिए। कार्यक्रममा विभिन्न देशमा स्थापित कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद् तथा राष्ट्रिय समितिका अग्रज व्यक्तित्व एवं पदाधिकारीहरूको समेत गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रम सफल बनाउन कार्यक्रम, सह–संयोजक ऋषिराम विश्वकर्मा, संस्थाका संरक्षक आशबहादुर गुरुङ तथा पूर्व अध्यक्ष विश्वबन्धु थापा रुकु देवकोटा नारायणी भण्डारी , बिना बिश्वकर्माले विशेष भूमिका निर्वाह गरेका थिए। त्यसैगरी, कार्यक्रमको समन्वयकारी संस्थाका रूपमा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा कास्की आदर्श समाज, नेपालले महत्वपूर्ण सहयोग पुर्‍याएका थिए। कार्यक्रममा सामाजिक तथा मानवीय सेवामा पुर्‍याएको योगदानको कदरस्वरूप नेपाल रेडक्रस सोसाइटी, पोखरालाई सम्मान गरिएको थियो। त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिव बानियाँलाई विशेष सम्मानसहित मायाको चिनो प्रदान गरिएको थियो। संस्थाप्रति पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै पूर्व अध्यक्ष विश्वबन्धु थापा, रुकु देवकोटा, सन्तोष तिमिल्सिना, पत्रकार रोजी श्रेष्ठ, श्रीभद्र पौडेल तथा गीता तिवारीलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। त्यस्तै, कार्यक्रमको उद्घोषण तथा सञ्चालनको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने दिलिप देवकोटालाई समेत मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी भई अमूल्य रगतदान गर्ने सम्पूर्ण रक्तदाताहरूलाई सम्मानपत्र प्रदान गरी उहाँहरूको मानवीय सेवाप्रति उच्च सम्मान व्यक्त गरिएको थियो। कार्यक्रममा रक्तदान गर्नेहरूमा विकासराज बराल, गणेशराज पहारी, ऋषिराम बि.क., अनुप गिरी, शिवगिरी, कान्ति तिमिल्सिना अधिकारी, कमल पुन, सुकदेव सुनार, बाबुराम थापा, मनबहादुर कुँवर, मनोज कुमार सैजु, नारायण कार्की (झापा), हंसराज ढकाल क्षेत्री, कृष्णप्रसाद घिमिरे, जगबहादुर पौडेल, गीता तिवारी, शिव गिरी, दिवस सुवेदी, गङ्गाधर पराजुली, कमल राई, रामदास भुर्तेल, यम बहादुर पुन, डा. किस्मत भण्डारी र रमेश खत्री रहेका थिय । यसै अवसरमा SEE–२०८२ मा सहभागी विद्यार्थीहरू करण वास्तोला, सुमित सेन्चुरी, अविनास विक,लाई सम्मान पत्र र खादाले सम्मान गरिएको थियो भने उत्कृष्ट अङ्कसहित सफलता हासिल गर्ने गौरव सापकोटा र वर्षा रानाभाटलाई जनही नेपाली रुपैयाँ ३ हजार नगद, सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो। विद्यार्थीहरूको शैक्षिक मेहनत, लगनशीलता र उपलब्धिको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ। साथै, सम्मानित सम्पूर्ण विद्यार्थीहरूको आगामी शैक्षिक यात्रा सफल रहोस् र भविष्यमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्दै परिवार, समाज तथा राष्ट्रको गौरव बढाउन सफल होऊन् भन्ने शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रमको सफलताका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक, भौतिक, नैतिक, प्राविधिक एवं व्यवस्थापकीय सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संघ–संस्थाप्रति कास्की आदर्श समाज, कतारले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। समाजले सामाजिक एकता, आपसी सद्भाव र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रमको उद्घोषण तथा सञ्चालन संस्थाका प्रमुख सल्लाहकार अग्निधर देवकोटाका सुपुत्र दिलिप देवकोटार विश्वबन्धु थापाले कुशलतापूर्वक गरेका थिए।देवकोटाले सानै उमेरमा देखाएको सक्रियता, आत्मविश्वास र जिम्मेवारीबोधको आयोजकले प्रशंसा गरेको छ।
Share: