news

कास्की आदर्श समाजको पाँचौँ महाधिवेशनवाट पुनः शिव बानियाँको नेतृत्वमा सर्वसम्मत कार्यसमिति बन्ने निश्चित

Share:
कास्की आदर्श समाजको पाँचौँ महाधिवेशनवाट पुनः शिव बानियाँको नेतृत्वमा सर्वसम्मत कार्यसमिति बन्ने निश्चित
कास्की आदर्श समाजको पाँचौँ महाधिवेशनवाट पुनः शिव बानियाँको नेतृत्वमा सर्वसम्मत कार्यसमिति बन्ने निश्चित दोहा, कतार। कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को पाँचौँ महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन हुने भएको छ। अध्यक्ष पदमा शिव बानियाँ र महासचिव पदमा अग्निधर देवकोटासहित विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएसँगै संस्थामा सर्वसम्मत नेतृत्व चयनको वातावरण बनेको हो। निर्वाचन समितिले २९ अक्टोबर २०२६ मा सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार अध्यक्षमा शिव बानियाँ,(अमेरिका) वरिष्ठ उपाध्यक्षमा विकास शाही(युएइ) र महिला उपाध्यक्षमा पूजा शाहा ठकुरीको(नेपाल) उम्मेदवारी कायम रहेको छ। त्यसैगरी उपाध्यक्षमा इन्द्रकमल राजभाट,(बेल्जियम) प्रविण गिरी(उत्तर कोरिया) र अमर सापकोटा,(साउदी अरेबिया) महासचिवमा अग्निधर देवकोटा,(कतार) उपमहासचिवमा राजेन्द्र गौतम,(स्पेन) सचिवमा नवीन पौडेल (कतार) र रमेशबहादुर क्षेत्री,(क्यानाडा) महिला सचिवमा कान्ति तिमिल्सिना,(बेल्जियम) कोषाध्यक्षमा विश्वबन्धु थापा (नेपाल) तथा सहकोषाध्यक्षमा तीर्थराज भण्डारी(बहराइन)को उम्मेदवारी कायम भएको छ। त्यस्तै महिला संयोजकमा बिन्दु गौतम पौडेल,(पोर्तुगल) अमेरिका क्षेत्रीय संयोजकमा डम्बरजङ्ग गुरुङ र मध्यपूर्व क्षेत्रीय संयोजकमा प्रकाश विश्वकर्मा(कतार) रहेका छन्। निर्वाचन प्रक्रियाअन्तर्गत उपाध्यक्ष पदमा उम्मेदवारी दिएका दीपक थापा र सन्तोष तिमिल्सिनाले संस्थाको हित, एकता, आपसी सहमति र सहकार्यलाई प्राथमिकता दिँदै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत नेतृत्व चयनको बाटो सहज बनेको हो। निर्वाचन समितिका अनुसार संस्थाको नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास सकारात्मक रूपमा अघि बढेकाले निर्वाचन प्रक्रियाका बाँकी कार्यहरू हाललाई स्थगित गरिएको छ। नयाँ नेतृत्वको औपचारिक घोषणा भने पाँचौँ महाधिवेशनको दिन सभाहलबाट गरिनेछ। उम्मेदवार नपरेका रिक्त पदहरूमा संस्थाको विधान तथा सम्बन्धित प्रक्रियाअनुसार कार्यसमितिले मनोनयन गर्ने व्यवस्था मिलाइने निर्वाचन समितिले जनाएको छ। पाँचौँ महाधिवेशन निर्वाचन समितिका संयोजक विमल सुवेदीद्वारा जारी सूचनामा निर्वाचन प्रक्रियालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण उम्मेदवार, प्रतिनिधि तथा सदस्यहरूप्रति आभार व्यक्त गरिएको छ। सर्वसम्मत नेतृत्व चयनको पहलले संस्थाभित्र आपसी एकता, सहकार्य र संस्थागत एकताको सन्देश प्रवाह गरेको छ।
Share: