news

मतभेद अन्त्य गर्दै सहमतिको नयाँ अध्याय, कास्की आदर्श समाजको अध्यक्षमा शिव बानियाँ दोहोरिए

Share:
मतभेद अन्त्य गर्दै सहमतिको नयाँ अध्याय, कास्की आदर्श समाजको अध्यक्षमा शिव बानियाँ दोहोरिए
दोहा । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को पाँचौँ महाधिवेशनले शिव बानियाँलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा निर्वाचित गर्दै संस्थाभित्र एकता, सहकार्य र सद्भावको नयाँ सन्देश प्रवाह गरेको छ।शनिबार, २०८३ कार्तिक १४ गते पोखरा–१६ स्थित ढिकीडाँडा रिसोर्टमा सम्पन्न महाधिवेशनले बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। महाधिवेशनको विशेष उपलब्धिका रूपमा संस्थाभित्र विगतमा देखिएका असमझदारी र मनमुटावलाई अन्त्य गर्दै असन्तुष्ट पक्षलाई समेत समेटेर सर्वसम्मत नेतृत्व चयन गरिएको छ। संस्थाबाट अलग भई अर्को संस्था गठन गरेका हम्शराज ढकाल नेतृत्वको समूहलाई समेत संस्थागत रूपमा समेट्ने उद्देश्यले विधानमा आवश्यक संशोधन तथा थपघट गरी सबै पक्षको सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरिएको थियो। यससँगै परिषद्ले आपसी सहमति, समझदारी र सहकार्यका माध्यमबाट संस्थालाई थप एकताबद्ध र सशक्त बनाउने दिशामा महत्वपूर्ण कदम अघि बढाएको छ। महाधिवेशनको खुला सत्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ, गण्डकी प्रदेश प्रेस रजिस्ट्रार विमला भण्डारी, गैरआवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, सचिव शिव पौडेल, संस्थापक अध्यक्ष पूर्ण तिमिल्सिना, संस्थापक विश्व बराललगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, आमा समूहका प्रतिनिधि र अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व परिषद्का अध्यक्ष शिव बानियाँले गरेका थिए। उपाध्यक्ष सन्तोष तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने केदार कुँवरले संस्थाको प्रगति प्रतिवेदन र विकास अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। खुला सत्रमा अतिथिहरूले संस्थाको विगतको योगदान, वर्तमान अवस्था र आगामी कार्यदिशाबारे धारणा राख्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। महाधिवेशनको बन्दसत्रमा संस्थाको सांगठनिक गतिविधि, प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा विधान संशोधनसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।विधान संशोधन समितिका संयोजक डा. सुन्दर पौडेलले संस्थाको एकता, सहकार्य र साझा उद्देश्यलाई प्राथमिकता दिँदै विधानमा आवश्यक संशोधन गरिएको जानकारी गराएका थिए। त्यसैगरी निर्वाचन समितिका संयोजक विमल सुवेदी र सदस्य सचिव कृष्ण तिमिल्सिनाले सबै पक्षबीच आपसी समझदारी र सहमति कायम भएपछि निर्वाचन प्रक्रिया सर्वसम्मत रूपमा सम्पन्न गरिएको जानकारी दिएका थिए। संस्थाभित्रको असमझदारीलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्दै सबै पक्षलाई एउटै साझा अभियानमा जोड्ने प्रयासलाई महाधिवेशनको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। शिव बानियाँको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित महाधिवेशनले आगामी कार्यकालका लागि शिव बानियाँको अध्यक्षतामा निम्न पदाधिकारी तथा सदस्यहरूलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। अध्यक्ष: शिव बानियाँ (अमेरिका) वरिष्ठ उपाध्यक्ष: विकास शाही (यूएई) महिला उपाध्यक्ष: पूजा शाह ठकुरी (नेपाल) उपाध्यक्षहरू: सन्तोष तिमिल्सिना (नेपाल), इन्द्रकमल राजभाट (बेल्जियम), दीपक थापा (अमेरिका), प्रविण गिरी (उत्तर कोरिया), अमर सापकोटा (साउदी अरेबिया), मनबहादुर कुँवर (नेपाल), नेत्र केसी (अमेरिका), प्रमिला भण्डारी। महासचिव: अग्निधर देवकोटा (कतार) उपमहासचिवहरू: राजेन्द्र गौतम (पोर्चुगल), विश्वज्योति सुवेदी (नेपाल) सचिवहरू: नवीन पौडेल (कतार), रमेशबहादुर खत्री (क्यानडा), शिवराज अधिकारी (नेपाल) महिला सचिवहरू: कान्ति तिमिल्सिना (बेल्जियम), सरस्वती सिग्देल (नेपाल) कोषाध्यक्ष: विश्वबन्धु थापा (नेपाल) सह–कोषाध्यक्ष: तीर्थबहादुर भण्डारी (बहराइन) महिला संयोजक: बिन्दु गौतम पौडेल (पोर्चुगल) अमेरिका क्षेत्रीय संयोजक: डम्बरजङ्ग गुरुङ (अमेरिका) मध्यपूर्व क्षेत्रीय संयोजक: प्रकाश विश्वकर्मा (कतार) युरोप संयोजक: अर्जुन भण्डारी ( पोर्चुगल) महाधिवेशनको खुला सत्रमा औपचारिक कार्यक्रम, शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो। सांस्कृतिक संयोजक चोलेन्द्र पौडेलको संयोजनमा कलाकारहरू तुलसी क्षेत्री, पार्वती जिसी र रामजी पौडेललगायतले स्वागत गीतसहित सांस्कृतिक प्रस्तुति दिएका थिए।महाधिवेशनले विश्वभर छरिएर रहेका कास्केलीहरूलाई एउटै साझा संस्थागत अभियानमा जोड्दै सामाजिक सेवा, आपसी सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित अध्यक्ष शिव बानियाँको नेतृत्वमा परिषद्ले संस्थागत एकता, सामाजिक उत्तरदायित्व र विश्वभरका कास्केलीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ। एकता, सहकार्य र सामाजिक सेवाको साझा संकल्पसहित सम्पन्न पाँचौँ महाधिवेशनले कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी यात्राका लागि नयाँ ऊर्जा र दिशा प्रदान गरेको छ। कार्यक्रम भौतिक र जुम भर्चुयल मार्फत पनि भयको थियो
Share: