news

प्रवासमा नेपाली संस्कृति जोगाउने उद्देश्यसहित कास्की आदर्श समाज कतारको देउसी–भैलो कार्यक्रम आज

Share:
प्रवासमा नेपाली संस्कृति जोगाउने उद्देश्यसहित कास्की आदर्श समाज कतारको देउसी–भैलो कार्यक्रम आज
प्रवासमा नेपाली संस्कृति जोगाउने उद्देश्यसहित कास्की आदर्श समाज कतारको देउसी–भैलो कार्यक्रम आज दोहा, कतार। नेपाली कला, संस्कृति, परम्परा तथा मौलिक चाडपर्वको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कास्की आदर्श समाज कतारको आयोजनामा आज (नोभेम्बर १२) देउसी–भैलो सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना हुँदैछ। नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार) को अवसरमा आयोजना हुन लागेको उक्त कार्यक्रम प्लाजा मल, सनैयास्थित थकाली सम्सरा रेस्टुरेन्टमा बेलुका ७ बजेदेखि सुरु हुनेछ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा फेवा सांस्कृतिक परिवारको संयोजनमा नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्काउने विविध सांस्कृतिक प्रस्तुति रहनेछन्। तिहार विशेष देउसी–भैलो, नेपाली लोकगीत तथा सांगीतिक प्रस्तुतिका साथै कलाकार नयन शर्मा ,रेशम बस्नेत महेश तामांग रेशमी सेञ्चुरी लगायतको विशेष प्रस्तुति रहने कार्यक्रम रहेको आयोजकले जनाएको छ। त्यसैगरी गैर आवासीय नेपाली संघ कतार , गण्डकी प्रदेश समन्वय परिषद,कतार पर्वत समाज कतार, गोर्खा सेवा समाज कतार, मोना कतार, स्याङ्जा सहयोग समाज कतार, तनहुँ सेवा समाज कतार, बागलुङ सेवा समाज कतार, लमजुङ सेवा समाज, कास्की सार्दीखोला समाज कतार, अर्मला समूह कतारलगायत विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू साथै सस्थाका संरक्षक, प्रमुख सल्लाहकार,सल्लाहकार ,मानार्थ सदस्य आजिबन सदस्य , समाजसेबी, ब्यबसायी हरुको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रवासमा रहेर पनि नेपाली मौलिक कला, संस्कृति र परम्परालाई जीवन्त राख्दै नयाँ पुस्तामा यसको महत्व हस्तान्तरण गर्ने तथा कतारमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कास्की आदर्श समाज कतारले जनाएको छ। कार्यक्रममा कतारमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कलाकार, पत्रकार तथा शुभचिन्तकहरूलाई उपस्थितिका लागि आयोजक संस्थाले हार्दिक निमन्त्रणा गरेको छ।
Share: