notice
तेश्रो रमाइलो हरितालिका तीज विशेष कार्यक्रम – २०८३
Share:

कास्की आदर्श समाज, कतारको आयोजनामा🎉 तेश्रो रमाइलो हरितालिका तीज विशेष कार्यक्रम – २०८३ 🎉प्रवासबाट आफ्नै गृह जिल्ला कास्की, पोखरामा यसै अवसरमा कास्की आदर्श समाज, कतारका आजीवन सदस्यका बाबुनानीहरू मध्ये SEE–२०८२ मा सहभागी विद्यार्थीहरूलाई सम्मान कार्यक्रम पनि आयोजना गरिएको छ।
🏆 SEE–२०८२ मा सहभागी विद्यार्थीहरूमध्ये सर्वोत्कृष्ट अंक प्राप्त गर्ने १ छात्र र १ छात्रालाई नगद पुरस्कार तथा सम्मानपत्रद्वारा सम्मान गरिनेछ। साथै परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीलाई सम्मान पत्र प्रदान गरी प्रोत्साहन गरिनेछ।
यस कार्यक्रममार्फत कतारबाट फर्किनुभएका तथा हाल कतारमै रहनुभएका कास्की आदर्श समाज, कतारमा आबद्ध साथीहरूका महिला परिवारबीच भेटघाट, परिचयात्मक कार्यक्रम तथा विविध सांस्कृतिक प्रस्तुति आयोजना गरिनेछ।
💃 यो कार्यक्रम महिला दिदीबहिनीहरूका लागि मात्र आयोजना गरिएको हो।
📅 कार्यक्रम विवरण
📍 मिति: २०८३ भदौ २० गते, शनिबार ( ५ सेप्टेम्बर २०२६)
📍 स्थान: पोखरा, स्थान पछि उपलब्ध गराइने छ
🕙 समय: बिहान १०:०० बजे देखि
अन्य बिस्तृतजानकारी को लागि तपसिल व्यक्तिलाई सम्पर्क गर्न सक्नुहुने छ।
📞 सम्पर्क व्यक्ति (नेपाल)
बसन्त श्रेष्ठ (पूर्व सह–कोषाध्यक्ष) – ९७४९७२९५५०
प्रेम रसाइली (सह सचिब)-९७०९२८४९७०
कार्यक्रम संयोजक -रुकु देवकोटा – ९८४६२८१८२२
माया भण्डारी – ९८१९१५४९०६
नारायणी थापा भण्डारी – ९८४६३०३३०५
बिना बिश्वकर्मा -९८१६१५८६३३
📞 सम्पर्क व्यक्ति (कतार)
अग्निधर देवकोटा – ३३९४२१६३
अमृत विश्वकर्मा -३०७५७४५५
केदार भण्डारी– ५५०३९७९१
ऋषिराम बिश्वकर्मा -७०५२७४९७
📢 उपस्थित हुने दिदीबहिनीहरूको नामावली संकलन कार्य जारी रहेको छ।
नाम दर्ता गर्ने अन्तिम मिति: ३० अगस्ट २०२६
कार्यक्रम व्यवस्थापनलाई सहज बनाउन कृपया समयमै आफ्नो नाम दर्ता गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
🌺 आउनुहोस्, आफ्नै जिल्लामा भेटघाट, आत्मीयता, सम्मान र तीजको उल्लासलाई सँगै मनाऔँ।🌺
कास्की आदर्श समाज, कतार एवं परिवार
Share:






