notice
आजीवन तथा साधारण सदस्यता एवं सदस्यता नवीकरण खुला गरिएको सम्बन्धमा
Share:

मिति- २०२६जुलाई १२
सूचना! सूचना!! सूचना!!!
विषय: आजीवन तथा साधारण सदस्यता एवं सदस्यता नवीकरण खुला गरिएको सम्बन्धमा
आदरणीय कस्केली दाजुभाइ तथा दिदीबहिनीहरू,
कास्की आदर्श समाज, कतारको आगामी १०औँ अधिवेशन यहि मिति २०२६ अक्टोबर ०२, शुक्रबार लाई सफलतापूर्वक सम्पन्न गर्ने तथा संस्थालाई अझ सशक्त, व्यवस्थित र समावेशी बनाउने उद्देश्यले आजको मितिदेखि आजीवन सदस्यता, साधारण सदस्यता तथा सदस्यता नवीकरण खुला गरिएको सम्पूर्णमा हार्दिक जानकारी गराइन्छ।
कतारमा रहनुभएका कास्की जिल्लाका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई संस्थाको सदस्यता ग्रहण गरी संस्थालाई अझ बलियो, सक्रिय र प्रभावकारी बनाउन आफ्नो अमूल्य साथ, सहयोग तथा सक्रिय सहभागिता जनाइदिन हार्दिक अनुरोध गर्दछौँ।
📌 विशेष जानकारी
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को पनि यहि मिति २०२६ अक्टोबरमा हुन गैरहेको पाचौ माहाधिबेशनलाई मध्यनज़र गर्दै अन्तर्राष्ट्रिय समन्वय परिषद्को आजीवन सदस्यता प्राप्त गर्न कास्की आदर्श समाज, कतारको आजीवन सदस्य भएको हुनुपर्ने व्यवस्था रहेको छ। त्यसैले कास्की आदर्श समाज, कतारको आजीवन सदस्यता लिइसक्नुभएका इच्छुक महानुभावहरूले अन्तर्राष्ट्रिय समन्वय परिषद्को आजीवन सदस्यता लिनका लागि पनि निम्न पदाधिकारीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ।
☎️ सदस्यता सम्बन्धी सम्पर्क
अध्यक्ष: श्री अग्निधर देवकोटा – ३३९४२१६३
प्रथम उपाध्यक्ष:श्री अमृत विश्वकर्मा – ३०७५७४५५
सचिव:श्री केदार भण्डारी – ५५०३९७९१
🙏 आउनुहोस्, सदस्य बनौँ।🤝 एकताबद्ध बनौँ।💙 आफ्नो संस्थालाई अझ सशक्त बनाऔँ।
कास्की आदर्श समाज कतार एवं परिवार
Share:






