२०८२ सालको SEE परीक्षामा सहभागी विद्यार्थीहरूको विवरण उपलब्ध गराइदिने सम्बन्धमा।
मिति: २०२६ जुलाई ०९
📢 सूचना! सूचना!! सूचना!!!
आदरणीय संस्थाका आजीवन सदस्यज्यूहरू,सादर नमस्कार।
विषय: २०८२ सालको SEE परीक्षामा सहभागी विद्यार्थीहरूको विवरण उपलब्ध गराइदिने सम्बन्धमा।
महोदय,
कास्की आदर्श समाज कतार "कास्की आदर्शको चाहना, सभ्य र समृद्ध समाजको स्थापना" भन्ने मूल नाराका साथ सन् २००२ मा स्थापना भएको संस्था हो। गत वर्षझैँ यस वर्ष पनि हरितालिका तीजको अवसरमा हरितालिका तीज विशेष कार्यक्रम तथा विद्यार्थी सम्मान कार्यक्रम यही २०२६ सेप्टेम्बर ५ (शनिबार) कास्की पोखरामा आयोजना गरिने भएको छ।
उक्त कार्यक्रममा संस्थाका आजीवन सदस्यज्यूहरूका बाबुनानीमध्ये SEE २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका १/१ जना छात्र तथा छात्रालाई प्रोत्साहनस्वरूप नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिनेछ। साथै, परिक्षामा सहभागी हुने अन्य विद्यार्थीहरूलाई पनि हौसलास्वरूप सम्मान पत्र द्वारा सम्मान गरिने व्यवस्था गरिएको छ।
तसर्थ, संस्थाका आजीवन सदस्यज्यूहरूले आफ्ना बाबुनानीहरूको विवरण जुलाई र अगस्ट महिनाभित्र आवश्यक कागजातहरू (SEE ग्रेडसिट/मार्कसिटको प्रतिलिपि) तथा आजीवन सदस्यताको प्रमाणपत्र नम्बर सहित तल उल्लेखित सम्पर्क व्यक्तिहरूलाई सम्पर्क गरि उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
नाम उपलब्ध गराउन सम्पर्क व्यक्तिहरू:
उपाध्यक्ष: श्री कृष्ण भण्डारी📞 मोबाइल: ००९७४-५९९६६६४३
पोखरा महानगरपालिका संयोजक: श्री पुष्पराज तिमिल्सिना
📞 मोबाइल: ००९७४-७०४८१६५२
समयमै विवरण उपलब्ध गराई कार्यक्रम सफल बनाउन सहयोग गरिदिनुहुनेछ ।
केदार भण्डारी
सचिब
कास्की आदर्श समाज कतार एवम् सम्पूर्ण परिवार
More notices
notice