+97433942163adarshakaski@gmail.com
Login
Kaski Ideal Society Qatar

“कास्की आदर्शको चाहना, सभ्य र समृद्ध समाजको स्थापना”

कास्की आदर्श समाज कतार

Kaski Ideal Society, Qatar

Estd. 2002 · Doha, Qatar

HomeNoticesNews
Members
Life MembersGeneral MembersHonorary Members
About
About UsExecutive CommitteeMessage from President
Smarika
1st Edition (2074)2nd Edition (2081)
CalendarGalleryContact
Membership
Kaski Ideal Society Qatar

Kaski Ideal Society Qatar

कास्की आदर्श समाज कतार

Kaski Ideal Society Qatar (कास्की आदर्श समाज कतार) serves the Nepali community in Qatar - preserving culture, providing social support, and uniting Kaskeli people in service.

Explore

  • About
  • Members
  • Gallery
  • Contact

Contact

  • +97433942163
  • adarshakaski@gmail.com
  • Doha, Qatar

© 2026. All rights reserved. Designed and Developed by Sangam Adhikari | sawongam

Privacy PolicyTerms and Conditions
+97433942163adarshakaski@gmail.com
Login
Kaski Ideal Society Qatar

“कास्की आदर्शको चाहना, सभ्य र समृद्ध समाजको स्थापना”

कास्की आदर्श समाज कतार

Kaski Ideal Society, Qatar

Estd. 2002 · Doha, Qatar

HomeNoticesNews
Members
Executive CommitteePatron CommitteeAdvisory CommitteePast Presidents (2002–Present)
Comitee of 2022-2024
Executive Committee (2022-2024)Parton Committee (2022-2024)Advisory committee (2022-2024)
Comitee of 2020-2022
Executive Committee (2020-2022)Parton Committee (2020-2022)Advisory committee (2020-2022)
Lifetime members
Honorary MembersLifetime Members
About
About UsExecutive CommitteeMessage from President
Smarika
1st Edition (2074)2nd Edition (2081)
CalendarGalleryContact
Membership
Kaski Ideal Society Qatar

Kaski Ideal Society Qatar

कास्की आदर्श समाज कतार

Kaski Ideal Society Qatar (कास्की आदर्श समाज कतार) serves the Nepali community in Qatar - preserving culture, providing social support, and uniting Kaskeli people in service.

Explore

  • About
  • Members
  • Gallery
  • Contact

Contact

  • +97433942163
  • adarshakaski@gmail.com
  • Doha, Qatar

© 2026. All rights reserved. Designed and Developed by Sangam Adhikari | sawongam

Privacy PolicyTerms and Conditions
news

कास्की आदर्श समाज, कतारको २४औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

August 1, 2026
Share:

कास्की आदर्श समाज, कतारको २४औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न दोहा, कतार। कास्की आदर्श समाज, कतारको २४औँ स्थापना दिवस दोहाको सनैयास्थित नमस्ते एसिया रेस्टुरेन्टको सभाहलमा भव्य, सभ्य तथा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष अग्निधर देवकोटाको सभापतित्व तथा संरक्षक संयोजक विमल सुवेदीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संस्थाका संरक्षकहरु , संस्थापकहरु , प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू, गण्डकी प्रदेश समन्वय परिषद्का कार्यवाहक अध्यक्ष, गण्डकी प्रदेशअन्तर्गतका विभिन्न जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, नेपालबाट सहभागी हुनुभएका WE पोखराका उपाध्यक्ष, संस्थाका पूर्व पदाधिकारी, आजीवन, मानार्थ तथा साधारण सदस्यहरू, कलाकार, खेलाडी, स्वयंसेवक तथा कस्केली एवं गैर–कस्केली दाजुभाइ–दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। स्थापना दिवसको अवसरमा संस्थाको २४औँ वार्षिकोत्सवको केक काटी खुसीयाली साटासाट गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष अमृत विश्वकर्माले व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथि विमल सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै कास्की आदर्श समाज, कतारले स्थापना कालदेखि नै प्रवासमा रहेका नेपालीहरूबीच एकता, आपसी सद्भाव, सामाजिक उत्तरदायित्व तथा सेवामूलक गतिविधिमार्फत पुर्‍याउँदै आएको उल्लेखनीय योगदानको उच्च प्रशंसा गर्नुभयो।उहाँले नेपालमा आइपर्ने विभिन्न विपद् तथा आकस्मिक परिस्थितिमा राहतस्वरूप संस्थाले निरन्तर मलमपट्टीको भूमिका निर्वाह गर्दै पीडितहरूको साथमा उभिँदै आएको उल्लेख गर्नुभयो। साथै, कास्की बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक समुदायको साझा थलो भएकाले सदियौँदेखि कायम रहँदै आएको सामाजिक सद्भाव, सहिष्णुता, मेलमिलाप र आपसी भाइचारालाई जोगाइराख्न सम्पूर्ण कास्कीवासी सदैव सचेत, जिम्मेवार र एकताबद्ध रहनुपर्नेमा जोड दिनुभयो।उहाँले आगामी दिनमा पनि कास्की आदर्श समाज, कतारले आफ्नो सामाजिक अभियानलाई अझ प्रभावकारी, व्यवस्थित र सेवामुखी ढंगले निरन्तर अघि बढाउँदै प्रवासी नेपाली समुदायका लागि प्रेरणादायी संस्थाका रूपमा स्थापित हुँदै जाने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा शुभकामना गण्डकी प्रदेस अन्तर्गतका जिल्ला सस्थाका अध्यक्ष तथा प्रतिनिधि,इकाइका अध्यक्ष तथा प्रतिनिधि संस्थाका सल्लाकार प्रमुख ,सल्लाहकार,संरक्षक तथा पुर्व अध्यक्ष राम प्रसाद गौतम आसवहादुर गुरुङ, मन प्रसाद रानामगर गण्डकी प्रदेसका कार्यबाहक अध्यक्ष, तथा नेपालबाट कतार आउनु भएका WE पोखराका उपाध्यक्ष लगायतहरूले शुभकामना मन्तव्य राख्दै कास्की आदर्श समाज, कतारले प्रवासमा सामाजिक, सांस्कृतिक तथा सेवामूलक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे। उनीहरूले संस्थाको निरन्तर प्रगति तथा २४औँ स्थापना दिवसको सफल आयोजनाका लागि शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमलाई थप आकर्षक बनाउन कलाकार नयन शर्मा, महेश तामाङ र रेजिना तामाङलगायतले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। स्थापना दिवसको केक संस्थाका पूर्व अध्यक्ष तथा संरक्षक आशबहादुर गुरुङले प्रायोजन गर्नुभएको थियो। यसै अवसरमा सन्तोष भुजेल, नारायण आचार्य, सुवास रसाइली, गोविन्दबहादुर केसी तथा सुरज सुनारले संस्थाको आजीवन सदस्यता ग्रहण गर्दै कास्की आदर्श समाज, कतारको परिवारमा आबद्ध हुनुभएको छ। संस्थाले उहाँहरूलाई सस्थामा हार्दिक स्वागत, गर्दै आजिबन सदस्यताको प्रमाण पत्र पनि हस्तान्तरण गरेको थियो कार्यक्रमको अन्त्यमा सभापति तथा संस्थाका अध्यक्ष अग्निधर देवकोटाले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, कलाकार, स्वयंसेवक, सम्पूर्ण कार्यसमिति, सदस्य तथा उपस्थित सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो। उहाँले सबैको निरन्तर साथ, सहयोग र विश्वास नै संस्थाको प्रमुख शक्ति रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सद्भाव कायम रहने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव केदार भण्डारीले गर्नुभएको थियो।
Share:

Related news

बाढीपीडितका लागि कास्की आदर्श समाज यूएईको २ लाख २१ हजार सहयोग

Sept 14, 2026

भोटेकोशी बाढीपीडितका लागि संकलित रु. ७ लाख १४ हजार ५८९ प्रधानमन्त्री राहत कोषमा जम्मा

Sept 11, 2026

भोटेकोशी बाढीपीडितको सहारामा कास्की आदर्श समाज कतार, १ लाख ७९ हजार सहयोग

Sept 09, 2026

🙏 हार्दिक धन्यवाद तथा आभार 🙏

Aug 01, 2026

कास्की आदर्श समाज कतारको २४औँ स्थापना दिवस जुलाई ३१ मा, सम्पूर्ण कस्केली समुदायलाई उपस्थितिको आग्रह

Jul 29, 2026

कास्की आदर्श समाज कतारले पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न

Oct 20, 2024

हार्दिक निमन्त्रणाका साथ कार्यक्रम भब्य सफलताको शुभकामना

Oct 08, 2024