news

कास्की आदर्श समाज कतारको दसौँ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै

Share:
कास्की आदर्श समाज कतारको दसौँ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै
कास्की आदर्श समाज कतारको दसौँ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै दोहा, कतार । कास्की आदर्श समाज, कतारले आफ्नो दसौँ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना गर्ने भएको छ। “कास्की आदर्शको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ सन् २००२ मा कतारको दोहामा स्थापना भएको संस्थाले आगामी २ अक्टोबर २०२६ मा अधिवेशन तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रम मध्यान्ह १२ बजेदेखि वेलफर रेस्टुरेन्टको सभा हल, प्लाजा मल, सनैयामा हुने आयोजकले जनाएको छ। संस्थाले कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाउन कतारमा स्थापित विभिन्न सामाजिक तथा वैचारिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी, साहित्यकार तथा कलाकार, खेलाडी, पत्रकार, संस्थाका मानार्थ, आजीवन तथा साधारण सदस्यलगायत कतारवासी सम्पूर्ण कस्केली समुदायलाई उपस्थितिका लागि निमन्त्रणा गरेको छ। अधिवेशनसँगै विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुने भएकाले कार्यक्रममा कतारमा रहेका कस्केली समुदाय तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने आयोजकको अपेक्षा छ। कार्यक्रमका संयोजक अमृत विश्वकर्मा रहेका छन् भने सांस्कृतिक संयोजकमा कृष्ण भण्डारी र नयन शर्मा रहेका छन्। कार्यक्रमसम्बन्धी थप जानकारीका लागि अमृत विश्वकर्मा (३०७५७४५५), कृष्ण भण्डारी (७४४३४९४३), अग्निधर देवकोटा (३३९४२१६३), रामदास भुर्तेल (७७४०८७९८), केदार भण्डारी (५५०३९७९१), केशु गुरुङ (३०५२३५७८) तथा ऋषिराम विश्वकर्मा (७०४८५९९८) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ। संस्थाले कार्यक्रममार्फत आफ्नो सामाजिक अभियानलाई थप प्रभावकारी बनाउँदै कतारमा रहेका कस्केली समुदायबीच आपसी एकता, सहकार्य र सामाजिक सद्भावलाई अझ मजबुत बनाउने उद्देश्य राखेको छ।
Share: