कास्की आदर्श समाज कतारले पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न
रक्तदान जिबनदान रक्तदान गरौ पुण्य कमाऊ” “कास्की आदर्शको चाहना सभ्य र सम्बृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ् सन् २००२ मा स्थापना भयको कास्की आदर्श समाज कतारले दुई दशक देखि प्रदेश बाट प्रवाह गर्दै आईरहेको मानवीय परोपकारी कार्य यसपटकआफ्नै गृहजिल्लामा कास्की आदर्श समाज कतारको आयोजना र कास्की आदर्श समाज नेपालको समन्वयमा पवडा दशैं, शुभ दिपावलि नेपाल संम्वत लगायतका चाडपर्वहरुको अवसर पारेर आयोजना गरेको बृहत रक्तदान कार्यक्रम-२०८१ यहि मिति- २०८१ कार्तिक ३ गते मानब अधिकार चोक चिप्लेढुंगा -४ पोखरा कास्कीमा औपचारिक रुपमा कार्यक्रमको आयोजना गरि सफलता पुर्बक सम्पन्न गरेको छ !
कार्यक्रममा कास्की आदर्श समाज नेपालका अध्यक्ष,विश्वबन्धु थापाको सभापतित्व र पोखरा महानगरपालिका वडा न ४ का अध्यक्ष, श्री देबकृष्ण पराजुली ज्युको प्रमुख अतिथ्यमा भएको थियो त्यस्तै कार्यक्रममा बिशेष अतिथिहरुमा क्षेत्रिय रक्तसंचार केन्द्र ,पोखराका प्रतिनिधि ज्यु ,नेपाल रेडक्रस सोसाइटी शाखा, कास्की पोखराका प्रमुख अर्जुन ज्ञवाली आकस्मिक रक्तसंचार केन्द्र पोखराका संयोजक श्री नेत्र ढकाल क्षेत्री समाज नेपालका महासचिब श्री कृष्ण बहादुर थापा ,कास्की आदर्श समाजका संस्थापक द्वय श्री हंशराज ढकाल,श्री तिलकशाली सापकोटा ,पोखरा टेलिभिजनकि संचारकर्मी गीता तिवारी लगायत अन्य संचार कर्मी,पत्रकार, कास्की आदर्श समाज कतारका पूर्व तथा वर्तमान पदाधिकारी तथा सदस्य ज्युहरु संस्थाका आजिबन सदस्य ज्युहरु लगायत अन्य दाजुभाई तथा दिदिबहिनिहरुको बाक्लो उपस्थितिका साथ् उक्त कार्यक्रम सम्पन्न भएको थियो !
कास्की आदर्श समाज कतारका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक अमृत बिश्वकर्मा पहिलो रक्तदाताको रुपमा प्रमुख अतिथिले ब्लड ब्याग हस्तान्तरण संगै सुरु भएको रक्तदान कार्यक्रममा जम्मा ४८ जना रक्तदाताले रक्तदान गरेका थिय। कार्यक्रममा कास्की आदर्श समाज कतार आजिवन सदस्य श्री तुल बहादुर परियारकि दिदी माछापुच्छ्रे गाँउपालिका ७ धम्पुस घर भई हाल पोखरा निवासी श्री राममाया परियार ब्लड क्यान्सर बाट पिडित भई बि .पि मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत राममाया परियारलाई संस्थगत सहयोग स्वरूप नेपाली रुपँया १००००/- संस्थाका आजिबन सदस्य तुल बहादुर परियार लाई हस्तान्तरण गरिएको थियो।
साथै संस्थालाई नेपाल मा रहेर हरेक गतिबिधिमा साथ् सहयोग गर्ने व्यक्तित्व हरुलाई कदर पत्र र मायाको चिनोले सम्मान गरियको थियो !भने रक्तदाता हरुलाई प्रमाण पत्र र क्षेत्रिय रक्तसंचार केन्द्र ,पोखरा,नेपाल रेडक्रस सोसाइटी शाखा, कास्की पोखरा,आकस्मिक रक्तसंचार केन्द्र पोखरा लाई धन्यबाद साथै कृतज्ञता पत्रले सम्मान गरियको थियो संस्थाले हालसालै प्रकाशन गरेको कास्की आदर्श संदेश स्मारिका भाग २ पनि उपस्थित अतिथिहरुलाई हस्तान्तरण गरियको थियो !
कार्यक्रममा कार्यक्रम संयोजक अमृत बिश्वकर्माले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य बारे प्रकाश पार्दै कास्की आदर्श समाज कतारले स्थापना काल देखि निरन्तर रुपमा समाज सेवा र मानवीय कार्यहरु गर्दै आईरहेको र बिगतमा रक्तदानका कार्यक्रम हरु कतारमा गरिने गरेको र यस पटक चाडवाड मनाउनको लागि कतार देखि केही साथिहरु नेपाल आएको अवसर पारेर आफ्नो गृहजिल्ला तथा देशमा कोहि कसैले पनि रगतको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरेको आगमी दिनहरुमा पनि संम्भव भएसम्म बर्षको एक/दुई पटक नेपालमा रक्तदान कार्यक्रम आयोजना गर्न कास्की आदर्श समाज कतार तत्पर रहेको जानकारी सहित कार्यक्रम आयोजना गर्नको निम्ति सहकार्य गर्नु हुने प्रदेशिक रक्तसंचार केन्द्र पोखरा, आकस्मिक रक्तदान केन्द्र पोखरा लगायत उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रम सफल पार्नको लागि सहयोग गर्नु हुने सम्पूर्णलाई बिशेष धन्यवाद आभार प्रकट गरेका थिए भने कार्यक्रममा विभिन्न वक्ताहरुले कार्यक्रमको सफलताको शुभकामना सहित कास्की समाज कतारले गर्दै आएका हरेक गतिविधिहरुलो खुलेर प्रंशसा गरेका थिए, भने आफ्नो शुभकामना राख्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि श्री देवकृष्ण पराजुलिले सामाजिक सेवा कार्यमा वडा कार्यालयले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा पोखराका रक्तदान अभियन्ता क्षत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले विदेशमा रहेर पनि जन्मभूमिको माया, सामाजिक कार्य हुनु महत्वपूर्ण रहेको बताए । कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले वर्षमा ४ पल्टसम्म रक्तदान गर्ने बानीको विकाससँगै मानवीय कार्य हुने जनाए । आकस्मिक रक्तदाता समूहका संयोजक नेत्र ढकालले रगतको विकल्प कुनै औषधी नभएकाले रक्तदान गर्न आह्वान गरे । कार्यक्रमको अन्तमा कार्यक्रमका सभापतिले उपस्थित सम्पूर्ण लाई धन्यबाद सहित कार्यक्रम सफल बनाउन खट्नु हुने सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै भने हिजो आफु प्रवासमा हुँदा आफुले नेतृत्व गरेको कास्की आदर्श समाज कतार संग हरेक मानवीय तथा सामाजिक कार्यहरुमा समन्वय गर्न कास्की आदर्श समाज नेपाल हरपल तयार रहेको कुरा अगवत गराउँदै कार्यक्रमको समापन गरेका थिय।
संस्थाका अध्यक्ष अग्निधर देवकोटाले आफुले प्रबास बाट आफ्नो जन्मभूमिमा रक्तदान जिबन दान जस्तो मानबिय पुण्य कार्यको आयोजना गरि सफलता पुर्बक सम्पन गराउन नेपालमा अहम भूमिका निर्बाह गर्नुहुने सम्पूर्ण व्यक्तित्त्व प्रति र बिसेष गरि रक्तदान गरि जिबन दान गर्नुहुने सम्पूर्ण रक्तदाताहरुलाई र उपस्थित प्रमुख अतिथि, बिसेष अतिथि तथा प्राबिधिक ज्युहरु,पत्रकार तथा संचारकर्मी ज्युहरु प्रति हार्दिक हार्दिक धन्यवाद सहित आभार ब्यक्त गरेका थिए।
कार्यक्रम संस्थाका उपाध्यक्ष अमृत बिश्वकर्माको संयोजकत्वमा संस्थाका सह-कोषाध्यक्ष ऋषिराम बिश्वकर्मा,सह-सचिव प्रेम रसाइली,केन्द्रिय सदस्य जिबन बिश्वकर्मा,चिरन्जिबी अधिकारी, शिब कुंवर लगायत संस्थाका पुर्व पदाधिकारी हरु बाबुराम थापा, मन बहादुर कुवर, बिकाश बराल, गोबिन्द कार्की,लगायत कार्यक्रम सफल पार्नको लागि नेपाल देखि सहयोग गर्नु हुने बिना बिश्वकर्मा,रुकु लंम्साल देवकोटा, नारायणी थापा भण्डारी लगायतको सक्रियतामा कार्यक्रम सफलता पुर्वक सम्पन्न भयको थियो ! कार्यक्रमको सहजीकरण कास्की आदर्श समाज कतारका उपाध्यक्ष कृष्ण भण्डारीकि श्रीमती नारायणी थापा भण्डारीले अत्यन्तै कुशलता पुर्वक कार्यक्रमको सहजीकरण गरेकी थिईन / भन्ने कास्की आदर्श समाज,नेपालले कार्यक्रममा समन्वय गरेको थियो।
More news
news