कास्की आदर्श समाज कतारले पहिलोपल्ट पोखरामा मनायो तीज
पोखरा । कास्की आदर्श समाज, कतारले हरेक वर्ष कतारमा मनाइरहेको तीज विशेष कार्यक्रम यसपालि आफ्नै गृहजिल्ला कास्की (पोखरा) मा मनाएको छ ।
संस्थाका वरिष्ठ उपाध्यक्ष पूजा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, मोटिभेस्नल स्पीकर प्रेन्सा रेग्मी, महिला उद्यमी तथा समाजसेवी बिना गुरुङ, पार्वती रेग्मी, संस्थाकी पूर्व महिला संयोजक दिलकुमारी गुरुङ, पूर्व कार्यसमिति सदस्यहरु सावित्रा गिरी, लक्ष्मी गिरी, लोकगायिका अम्बिका भण्डारी, संचारकर्मी गीता तिवारी लगायतको उपस्थिति थियो ।
यस्तै, कतारबाट फर्किएका तथा उनका परिवारका सदस्यहरको बाक्लो उपस्थिति थियो ।
स्वागत मन्तव्य व्यक्त गर्दै सुनिता पौडेल सुवेदीले आपसमा माया, सद्भाव र आत्मीयता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोमा धन्यवादसहित सम्पूर्णलाई स्वागत गरिन् ।
आयोजक संस्थाका अध्यक्ष अग्निधर देवकोटाले भर्चुयल माध्यबाट शुभकामना मन्तव्यसहित कार्यक्रमको उद्देश्य संस्थाका सदस्यका परिवार र कतार कर्मक्षेत्र बनाएर नेपाल फर्किएकाबीच आपसमा चिनजान गराउन तथा आफ्नो संस्कार, सँस्कृति जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
सञ्चारकर्मी गीता तिवारीले प्रवासमा रहेर समाजिक क्षेत्रमा लागेर काम गर्नु अत्यन्तै गाह्रो हुने कुरा आफूले पनि अनुभव गरेको बताउँदै संस्थाको कार्यको प्रशंसा गरिन् । उनले अब नारी चुलोचौको गरेमात्रै नहुने बाहिर निस्कनुपर्ने सुझाव दिइन् ।
More news
news