news
कास्की आदर्श समाज कतार द्वारा बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न
Share:

कास्की आदर्श समाज कतारले नेपाली राजदुताबास कतारका महामहिम राजदुत डा.नरेश बिक्रम ढकाल ज्युलाई राजदुताबासको सभाहलमा मायाको चिनो, दोसल्ला र खादा ओडाई बिदाई तथा सम्मान गरेको छ उक्त कार्यक्रममा गैर आबसिय नेपाली संघ राष्ट्रिय समन्वय परिसद कतार र गण्डकी प्रदेश समन्वय परिसद कतार ले सयुक्त रुपमा सम्मान कार्यक्रम गरेको थियो कार्यक्रममा । महामहिम राजदुत ज्युले कतारमा पद वहालि गरी कतारमा रहेका नेपालीहरुको अभिभावकत्व, हकहित र नेपाल कतार विचको सम्बन्धलाई उच्च तहमा विकसित गर्न कुसलतापूर्वक खेल्नु भएको भूमिकाले गल्फ राष्ट्रबाट पहिलो पटक उच्चतहको कतारका अमिरको नेपालमा राजकीय भ्रमण गराउन सफल कार्यले स्मरणयोग्य र राष्ट्रको गरिमा वढाएको छ । कास्की आदर्श समाज कतार तपाईंको यस महत्वपूर्ण कार्यको उच्च प्रसंशा र नमन व्यक्त गर्दै, आज स्वदेश फिर्ती हुदै हुनुहुन्छ यात्रा सफलताको शुभकामना सहित यहाँको उज्वल भविष्य र प्रगतिको कामना ब्यक्त गर्दछौ।
कास्की आदर्श समाज कतार एवंम परिवार
Share:









